बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेपाल बार एसोसिएसनको निर्वाचनको मतगणना आज

काठमाडौँ । नेपाल बार एसोसिएसनको निर्वाचनको मतगणना आज शुरु हुँदैछ । अहिले केहीबेरमा बैठक बसेर दिउँसो १२ बजेदेखि मतगणना सुरु गर्ने तयारी रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सबै बुथ संकलन भइसकेपछि मत गणना सुरु गर्न लागिएको हो ।

काठमाडौँ स्थित बारको कार्यालयमै मतगणना गरिने छ । मतगणना सक्ने ३ देखि ४ दिन सम्म लाग्न सक्ने जनाइएको छ ।

बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको चयनका लागि शनिबार मतदान भएको थियो । काठमाडौँ र बाहिर गरी ३६ वटा केन्द्रमा मतदान भएको हो ।

नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा हुनुहुन्छ ।

२५ पदका लागि ५७ जना चुनावी मैदानमा छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x