बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अदालतको आदेशअनुसार तोकिएको समयमा नै महाधिवेशन हुन्छः शेष घले

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिका संयोजक एवं संघका पूर्वअध्यक्ष डा. शेष घलेले पूर्वनिर्धारित कार्यातालीकाअनुसार नै महाधिवेशन हुने बताएका छन् । वैशाख २०—२२ गते हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।

संयोजक घलेले सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयको निर्देशन र तालुक मन्त्रालय परराष्ट्रको समन्वयमा तोकिएको समयमा नै एकताको महाधिवेशन हुने बताए । संयोजक घलेले सर्वोच्चको आदेशअनुसार ६ महिनाभित्र एकता महाधिवेशनका लागि आफ्नो नेतृत्वको समितिले जिम्मेवारीपूर्वक काम गरी महाधिवेशनको तयारी अन्तिम चरणमा पु¥याएको बताए ।

विश्वका वबभिन्न मुलुकबाट प्रतिनिधिहरु काठमाडौं आउने क्रम शुरु भएको जानकारी दिए । उनले सर्वोच्चको आदेश पालना गर्नु सबैको साझा दायित्व भएको जनाउँदै पुनः मिति परिवर्तन गर्नु ‘रुल अफ ल’को बर्खिलाफमा जाने कार्य भएका कारण आफूहरुले त्यसो गर्न नसक्ने बताए । वर्तमान एनआरएनएलाई रिब्राण्डिङसहितको नयाँ एनआरएनए बनाउने अभियानमा लाग्न उनले सबैलाई आग्रह गए ।

उनले नयाँ र सुधारिएको एनआरएनए बनाउने अभियानमा आफूहरु रहेको बताउए । न्युज एजेन्सी नेपाल सँगको कुराकानीमा उनले कानूनको सर्वोच्चताको पालना गर्दै खुला छलफल, वार्ता र संवादको माध्यमबाट संस्थालाई एकजुट बनाउन र तोकिएको मितिमा काठमाडौंमा भेला भएर संघको एकता महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न आ—आफ्नो क्षेत्रबाट पहल गर्न सबै गैरआसायीय नेपालीलाई आग्रह गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x