बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आजको मौसम, यी प्रदेशमा छ चट्याङसहित पानी पर्ने सम्भावना

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौं । जल तथा माखैसम विज्ञान विभागले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले नेपालमा मौसम बदली वर्षा र हिमपात हुने क्रम जारी रहेको जनाएको छ ।

यसै क्रममा आज दिउँसो पनि लुम्बिनी प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली हुने सम्भावना छ । साथै यस क्रममा देशका पहाडी भूभागका थोरै स्थान र देशका बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका ‍एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ ।

आज राति बागमती प्रदेश र गण्डकी प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली हुनेट भने बाँकी ठाउँमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने सम्भावना छ । साथै बागमती र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका ‍एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x