बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज कोशी प्रदेशलगायत देशका अन्य ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाडौं । आज कोशी प्रदेशलगायत देशका अन्य ठाउँमा छिटपुट वर्षा भए पनि तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । पर्सिदेखि देशका पश्चिमी भागमा मौसमी प्रणाली विकसित हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसवर्षको मनसुन कोशी प्रदेशमै रोकिदा बदली र वर्षा कम भएको महाशाखाले जनाएको छ । यस वर्ष औषत समयभन्दा १५ दिन चाँडो नेपाल भित्रिएको मनसुन दश दिनसम्म पनि अगाडी बढ्न सकेको छैन । कोशी प्रदेशमै पनि मनसुन शिथिल छ ।

कोशी प्रदेशमा प्रवेश गरेपछि सामान्यतया १२ देखि १५ दिनमा देशभर फैलने गथ्र्यो । गएको वर्ष जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन त्यसको १३ दिनमा अर्थात असार १० गते देशभर फैलिसकेको थियो । अहिले मनसुनी वायुभन्दा पश्चिमी वायुको शक्ति बढी रहेकाले मनसुनी वायुलाई पश्चिमतर्फ अघि बढ्न नदिएको महाशाखाको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x