शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

‘अबको बर्खामा नागढुंगा–मुग्लिङ सडकखण्डमा यात्रुले सास्ती खेप्नुपर्ने छैन’

  • 99
  •  
  •  
  •  
  •  
  •  
  •  
    99
    Shares

काठमाडौं । एक वर्षअघि नागढुंगा—मुग्लिङ सडकखण्ड अन्तर्गतको झ्याप्ले खोलामा पहिरो खस्यो । जसकारण ठूलो मानवीय क्षति भयो । ३५ जनाले अकालमै ज्यान गुमाए । देशलाई नै शोकमा बदल्ने त्यो घटनापछि नागढुंगा–मुग्लिन सडक खण्डमा अहिले पहिरो रोकथामदेखि सडकनिर्माणको काम तिब्र गतिमा भइरहेको छ ।

नागढुंगा–नैबिसेको पहिलो प्याकेज अन्तर्गत चिनियाँ कम्पनी जियाङ्सु र नेपाली साझेदार कम्पनी सगुनले काम गरिरहेको छ । सो सडकखण्ड निर्माण गरिरहेका निर्माण व्यवसायी ज्ञानेन्द्र घिमिरे सो प्याकेज अन्तर्गत अहिले कालोपत्रेको काम सकिसकेको बताउछन् । उनकाअनुसार झ्याप्ले खोलाको पोहिरो पोहोर जुन बितण्डा निम्तायो । अहिले सडक निर्माणसँगै पहिरो रोकथामको काम तिब्र गतिमा भइरहेको छ ।

काम मात्रै भएको छैन त्यो पहिरो आउनुको मुख्य कारण पनि खोजि भइसकेको छ । देशलाई नै शोकमा पार्नेगरी दशकौँ यता भएको उक्त पहिरो जानुको मुख्य कारण सडकभन्दा केही माथि घरजग्गाका लागि प्लटिङ गरिनु हो ।

निर्माण व्यवसायी घिमिरेकाअनुसार प्लटिङको माटो यत्तिकै फालिदिए । जब भारी वर्षा भयो त्यो पानीले माटो बग्यो । माटो पहिरो स्वरुप आयो र माटो लेदो भएर आयो । सडकमा कलर्भट थियो । लेदेलो कलर्भट भरिदियो । निकासी हुन पाएन । पानीले पनि कहीँ जाने निकास पाएन । सम्पूर्ण लेदो पहिरोस्वरुप आएका कारण ठूलो घटना घट्यो ।

घिमिरेकाअनुसार स्थानीयले भनेअनुसार २०५० सालमा पनि त्यहाँ ठूलो पहिरो आएर धेरै क्षती गरेको रहेछ । सडक निर्माण कार्यले गर्दा अहिले झ्याप्ले खोलामा ठूलो पहिरो आएको होइन । सडक भन्दा केही माथि अव्यवस्थीत तवरले गरिएको प्लटिङले गर्दा पहिरो आएको घिमिरेले बताए । उनकाअनुसार अनुसन्धान गर्दै जाँदा सडक निर्माणका क्रममा त्यसरी पहिरो गएको पाइएन ।

निर्माण व्यवसायी घिमिरेले भने–जब झ्याप्ले खोलामा पहिरो गएर जनधनको क्षती गर्‍यो अहिले पुनडिजाइन गरेर भित्ताहरुमा कडा चट्टानहरु राखेर जालि भर्ने काम भइरहेको उनी बताउछन् । घिमिरेकाअनुसार झ्याप्ले खोलामा पहिरोको रुप लिइसकेको छ । अब त्यसलाई रोकथाम गर्नका लागि अहिले काम गरिरहेको निर्माण कम्पनीलाई गत चैतमा सरकारले जिम्मा दियो र अहिले यसमा काम भइरहेको छ । अहिले भित्तामा ‘ग्याबिन’ लगाइएको छ । प्लटिङ भएको भूभागआसपासका भित्तामा बास रोप्नेदेखि अत्याधुनिक तवरले भित्तालाई आरसीसी ढलान गरिँदैछ ।

नागढुंगा—मुग्लिङ सडक योजना पूर्वी खण्ड आयोजना प्रमुख केशवप्रसाद ओझा पनि बर्खायाममा यात्रुहरुले पाइरहेको दुःख अब छिट्टै अन्त्य हुने बताउछन् । उनकाअनुसार नागढुंगा पूर्वी खण्ड आयोजना सडकखण्डअन्तर्गत दुईओटा प्याकेजहरु छन् ।

आयोजना प्रमुख ओझाले भने–एउटा प्याकेज नागढुंगादेखि नैबिसे खण्डसम्म १२.२ किलोमिटर र नविसेदेखि मलेखुखण्डसम्म ४३.५ किमि छ । कुल ५५ किमिमध्ये हालसम्म करिव आधा अर्थात २७ किमि पहिलो तहको कालोपत्रे सम्पन्न भएको छ । त्यसमा पर्ने १५ वटा पुलहरुमध्ये आठ ओटा पुलहरुमा गाडीहरु नै चल्न शुरु गरेका छन् । अब दुईओटा पुलहरुमा छिट्टै गाडी चल्लेसम्मको बन्नेछ । बाँकी ५ वटा पुल चालु आर्थिक वर्षसम्म पूरा हुनेछन् । सडकतर्फ पनि चालु आवसम्म पहिलो तहको कालोपत्रे ५५ किमिमा सक्ने योजना छ । आयोजनाको कुल समग्रमा हेर्दा ४४ प्रतिशत भौतिक प्रगति छ ।

पहिलो प्याकेजको करिव ८४ प्रतिशत र दोस्रो प्याकेजको ४४ प्रतिशत काम भइसकेको छ । यो आयोजना अन्तर्गत डेडिकेटेडड डबल लेनको सडक बन्दैछ । यसका कतिपय खण्डमा बिस्तारै हिँड्ने सबारीका लागि छुट्टै क्लाइमिन लेन थपेर तीन लेनको बन्नेछ । जसमा उकालोतर्फ जाने २ लेनमा जानेछन् भने ओरालोतर्फ झर्ने १ लेनमा सबारी झर्नेछन् । त्यस्तै बजार क्षेत्रमा चारलेनदेखि ६ लेनको सडक बन्दैछ । गल्छी–बैरेनी एरियामा एकदमै पानीहरु पर्ने र खाल्डो पर्ने समस्या छ। समस्या मात्रै आइरहने स्थान थियो । पछिल्लो हिउँददेखि नै यसमा युद्धस्तरमा काम भयो ।

अहिले हिलो र धुलोबाट मुक्त हुने अवस्था छ । यद्यपी केही कामहरु बाँकी रहेका छन् । दोहोरो गाडी हिँड्नसक्ने भइसकेको छ । अबको बर्खामा यात्रुहरुले हिलो खेप्नुपर्नेछैन । उनले पनि गत मनसुनका घटनाहरु सडकहरुमा क्षती पुगेको र त्यस ठाउँमा पहिरोलाई रोकथाम गर्न नयाँ प्रविधिहरु ल्याएर काम भइरहेको बताए । यो मनसुनलाई लक्षित गरेर कामहरु तिब्र गतिमा भइरहेको छ । खोलाका कटानहरु समेत रोक्ने काम सम्पन्न भएको छ ।

उहाँकाअनुसार मलेखु भीरमा पनि पहिरो गएर सधैँ दुःख दिइरहने स्थानमा त्यहाँ पनि पहिरो नजानेसम्मको सतह भेटाइसकेको छ । पर्खाल लगाएर लेदो सडकमा आउन नसक्नेगरी काम भइरहेको छ ।

अहिले दैनिक १५ हजार भन्दा बढी सबारीलाई व्यवस्थापन गरेर निर्माण गर्न मुख्य चुनौतीका रुपमा देखा परिरहेको छ । यसको डाइर्भसन पनि गरिएको छैन । विपी, कान्ति राजमार्गले पनि सोचेअनुसारको सुविधा नदिएका कारण सडक निर्माणाधिन सडकमै परेको छ । दैनिक ८ घण्टा काम गर्ने समय पाउन पनि मुस्किल परिरहेको छ । यसले गर्दा सोचेअनुरुप परिणाम निस्कन सकिरहेको छैन । गाडीको चाप कम हुने समयमा काम गर्नुपरिरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x