जर्मनी युरो २०२५ को सेमिफाइनलमा प्रवेश, फ्रान्स पेनाल्टी सुटआउटमा पराजित

काठमाडौं । जर्मनी युरो २०२५ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको १३औं मिनेटमा १० खेलाडीमा सीमित बनेको जर्मनीले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै युरो २०२५ को सेमिफाइनलमा प्रवेश गरेको हो ।
आठ पटकको च्याम्पियन जर्मनीकी खेलाडी क्याथरिन हेन्ड्रिकले फ्रान्सकी कप्तान ग्रिज मोबोकको कपाल तानेपछि रातो कार्ड खाँदै मैदान छाडेकी थिइन् ।
त्यसपछि जर्मनी १० खेलाडीमा समेटिएको थियो ।
खेलको १५औँ मिनेटमा जर्मनीले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दिलायो ।
त्यसको १० मिनेटमा फ्रान्सले बराबरी गोल फर्कायो ।
त्यसपछि दुवै तर्फबाट कुनै गोल हुन सकेन ।
खेलको निरणय पेनाल्टी सुटआउटबाट लिइएको थियो।
जर्मनीकी गोलकिपर एन–क्याट्रिन बर्जरले एलिस सोम्बाथको पेनाल्टीको बचाउ गर्दै ६–५ को जित दिलाएकी हुन् ।
अब स्पेनले सेमिफाइनलमा जर्मनीको सामना गर्दैछ ।
पहिलो सेमिफाइनलमा आगामी बुधबार इटाली र इङ्ल्याण्ड भिड्नेछन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE