बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अध्यक्ष ओली र नेतृ भण्डारीबीच च्यासलमा भेटवार्ता (फोटो फिचर)

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी च्यासल पुगेकी छन् । एमाले पार्टी कार्यालय च्यासलमा दुई नेताहरुबीच भेटवार्ता जारी छ ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । एमालेको पार्टी सदस्यता नविकरण गरेर सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीबारे एमाले पोलिटब्युरो बैठकले पार्टी सदस्यता नविकरण पेण्डिङमा रहेको र अहिले नै अध्यक्ष बनाएर जानसक्ने स्थिति नरहेको निष्कर्ष निकालेको थियो ।

बैठक विधान महाधिवेशन केन्द्रित भनिएपनि धेरै नेताहरुले भण्डारीको राजनीतिक सक्रियताबारे धारणा राखेका थिए । देशको गौरवको रुपमा रही सकेको व्यक्ति पुनः राजनीतिमा फर्किनुले व्यवस्थामाथि नै प्रश्न उठ्ने धारणासमेत नेताहरुले बैठकमा राखेका थिए । सोही विषय र पछिल्ला राजनीतिक समसामयिक विषयहरुमा दुई नेताबीच छलफल हुने बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x