गीत, संगीतले समाजलाई उन्नत बनाउँछः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले गीत, संगीत समाजलाई उन्नत बनाउने माध्यम भएको बताएका छन् । बिहीवार काठमाडौंमा गीतकार देवी पराजुलीका गीतहरु सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन ।
उनले प्रतिभाशाली व्यक्तिहरुलाई आफूले सकेको मद्दत गर्नुले उसको मनोबल माथि उठाउन मद्दत पुग्ने बताए । उनले आफू संगीत प्रेमी भएको बताउँदै समाजमा भएका कुरालाई यथार्थ रुपमा गीत संगीतका माध्यमबाट उतारेर हृदयस्पर्शी बनाउनुपर्ने बताए ।
गीत, संगीतका लागि संविधानले दिएको अधिकार कार्यान्वयन गर्न आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।
उपप्रधानमन्त्री सिंहले भने, ‘प्रतिभाशाली व्यक्तिलाई थोरै भएपनि हौसला बढाउनसके त्यो पनि उपलब्धि हुन्छ । गीत, संगीत समाजलाई उन्नत बनाउने माध्यम हो । म म्युजिक लभर हो । म सुन्छु । सुन्न पनि त चाहियो नि त । गीतले समाजमा भएका कुरालाई हृदयमा छुनेगरी गीतकारले रचना गरेपछि र गायकले पनि त्यही अनुसार गाएपछि गीत पूरा हुन्छ ।
संविधानमा भएका अधिकार कानून बनाएर कार्यान्वयनमा ल्याउनुपर्छ भन्नुभएको छ । त्यसमा मैले खेल्नुपर्ने भुमिका म खेल्नेछु ।’ उपप्रधानमन्त्री सिंहले संविधानमा भएका कुराहरुलाई कार्यान्वयन गराउन सबैको पहल जरुरी रहेको बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE