बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

जनार्दनको दुखेसोः माथिल्लो तहबाटै पार्टी फुट्ने हल्ला चलाइयो

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले माथिल्लो तहबाटै पार्टी फुट्ने हल्ला फैल्याइएको बताएका छन् । पछिल्लो दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्दै गरिएको प्रचार अहिले थप मलजल गरेर नेता कार्यकर्तामा भ्रम फैल्याइएको उनको आरोप छ ।

मंगलबार साँझ फेसबुकमा ४ बुँदाको पोस्ट लेख्दै उनले माओवादी पार्टीबारे कार्यकर्ता र जनतालाई भ्रममा नपर्न आग्रह गरेका छन् । ‘बिगत दुई वर्षदेखि माथिल्नो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरुप्रति सचेत हुन आग्रह गर्दछु’, उनले भनेका छन् ।

गत वर्ष नै सबै प्रदेशमा परामर्श बैठक भएको र यसवर्षको असारदेखि मंसिरभित्र विशेष महाधिवेशन गर्ने निर्णय भएको उनले स्मरण गरेका छन् । उनले लेखेका छन्, ‘गत बर्ष सबै प्रदेसहरुमा भएको परामर्श बैठक पश्चात केन्द्रीय समितिको बैठकमा भएको बहस र निर्णय अनुसार आषाढ देखि प्रारम्भ गरेर ६ महिना भित्र अर्थात् मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेण्डा केन्द्रित बहस गरौं ।

जसले पार्टीको पुनरगठन,सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्नेछ ।’ हुलाकी राजमार्ग र मध्य पहाडी लोकमार्ग अभियानबाट बढेको पार्टीको शाख अध्यक्ष प्रचण्डले भिजिट भिसा प्रकरणमा सत्तापक्षसँग दुई बुँदे सहमति गर्दै अडान छाडेर खस्काएको उनको आरोप छ ।

‘पार्टी केन्द्रको निर्णय अनुसार हुलाकी राजमार्ग र मध्य पहाडी लोकमार्ग (पुष्पलाल राजमार्ग) अभियानबाट आर्जेको ऊर्जालाई २ बुँदे सहमति पश्चात् गिरेको पार्टीको शाखलाई पुनमाथि उठाउन गम्भीर आत्मसमिक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हौ’, उनले भने । विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनीतिक अन्यौलता, सांगठनिक अराजकता विधिविहीनताको अन्त्य गर्दै पार्टीको पुर्नगठन गर्ने उनको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x