नेपाल विविधतापूर्ण संस्कृतिको धनी देश होः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल विविधतापूर्ण संस्कृतिको धनी देश भएको बताएका छन् । बिहीवार काठमाडौंमा सातौं राष्ट्रिय खिर खाने दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले नेपालमा विभिन्न चाडपर्व, संस्कृति, रितिरिवाज, भाषा, भेषभुषा रहेको र नेपाल सांस्कृतिक रुपले पनि धनी रहेको बताए । नेपाल बहुसांस्कृतिक देश भएको बताउँदै नेपालीहरुले खाने खानपान र लगाउने भेषभुषाहरु संस्कृतिसँग मात्रै नभइ विज्ञान, जीवनदर्शनसँग सम्बन्धित रहेको उनको बताए ।
असार १५ मा बलियो बन्नका लागि खिर खाइने र उर्जाशिल भएर काम गर्ने र साउन १५ मा खेतीपाती सकिसकेपछि स्वस्थ रहन र चिसोमा भिजेको शरीरलाई न्यानो बनाउन खिर खाने परम्परा रहेको बताए । मन्त्री पाण्डेले भने, ‘हामी नेपालीहरु विविधतापूर्ण संस्कृति अवलम्वन गर्ने देशवासीको रुपमा हामी छौँ ।
हाम्रा विभिन्न चाडपर्व छन्, भेषभुषाहरु छन् । बहुभाषी छौँ हामी । सांस्कृतिक दृष्टिकोणले पनि बहुसंस्कृतिले हामी ओतप्रोत छौँ । त्यसले सम्पन्न छौँ । हाम्रा खानपान, भेषभुषाका विशेषताहरु संस्कृति मात्रै नभइ विज्ञान, जीवन दर्शनसँग पनि सम्बन्धित छन् । खिर खाने साउन १५ को चाड पनि त्यही दृष्टिकोणले हामी सबै नेपालीले मनाइरहेका छौँ ।
नेपाल कृषिप्रदान देश । खेतमा जानुपर्ने, काम गर्नुपर्ने, असार, साउनमा, खेतीपातीमा पानीमा भिज्नुपर्ने विभिन्न कारणले शरीरमा चिसो पस्ने असार १५ को दिन दहि चिउरा खाएर उर्जा उत्पन्न गर्दछौँ । असारभर अझ काम गर्नुपर्छ । लगभग अब खेतीपातीको काम सकियो, चिसोमा धेरै खेल्नुपर्ने समय हो । अब खिर खाएर शरीरमा लागेको चिसोलाई भगाउने गरी शरीरलाई स्वस्थ राख्न गरिएको पर्व हो ।’
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE