शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

बहुविवाह सम्बन्धी व्यवस्था संशोधन गर्न उपसमिति गठन

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । बहुविवाहसम्बन्धी नयाँ गर्न लागिएको भनिएको व्यवस्था संशोधन गर्न सरकार तयार भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकले उक्त व्यवस्था संशोधन र परिमार्जन गर्न उपसमिति गठन गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।

‘विधेयक समितिमा मुलुकी अपराध संहिता,मुलुकी फौजदारी कार्यविधि संहिता,मुलुकी देवानी संहिता,मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारणसम्बन्धी पाँचवटा विधेयकमा संशोधनको प्रस्ताव प्रस्तुत भएको छ’,मन्त्री लेखकको भनाइ छ ।

मन्त्री लेखकले बहुविवाह सम्बन्धी व्यवस्था, विवाहको उमेरसम्बन्धी व्यवस्था,अग्रिम जमानत सम्बन्धी व्यवस्था र कैद जरिवानाको मुल्तवी, माफी र परिवर्तनसम्बन्धी व्यवस्थाहरूमा थप छलफल गर्नुपर्ने तथा संशोधन परिमार्जन गर्नुपर्ने देखिएकाले विधेयक समितिमा एउटा उपसमिति गठन गरिएको हो । उपसमितिमा कानुन मन्त्रालयका प्रतिनिधि, विधेयक समितिको सचिव, महान्यायाधिवक्ता र कानुन आयोगका प्रतिनिधिको सहभागिता रहने छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x