शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

विपद् व्यवस्थापनमा ‘एन्टिसिपेटरी एक्शन’ अनिवार्यः विज्ञहरू

काठमाडौं।विपद् व्यवस्थापनका विज्ञहरूले नेपालमा पूर्वानुमानमा आधारित प्रतिकार्य ९एन्टिसिपेटरी एक्शन लाई मूलप्रवाहीकरण गर्नुपर्नेमा जोड दिएका छन् । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा तयार गरिँदै गरेको ‘पूर्वानुमानमा आधारित प्रतिकार्यसम्बन्धी राष्ट्रिय कार्यढाँचा’ ,मस्यौदा माथि भएको छलफलका क्रममा विज्ञहरूले यस्तो सुझाव दिएका हुन् ।

विपद् आएपछि मात्र राहत र उद्धारमा जुट्ने प्रतिक्रियात्मक परम्परागत शैलीभन्दा विपद् आउनुअघ नै मौसम पूर्वानुमान र जोखिमको तथ्याङ्कका आधारमा गरिने पूर्वकार्य एन्टिसिपेटरी एक्शन बढी प्रभावकारी र कम खर्चिलो हुने विज्ञहरूको भनाइ छ । यसका लागि स्पष्ट नीतिगत कार्यढाँचा र मार्गचित्र बनाएर अघि बढ्नुपर्ने उनीहरूको निष्कर्ष छ ।‘ स्टार्ट नेटवर्कका कन्ट्री म्यानेजर सिसल अधिकारीले एन्टिसिपेटरी एक्शनलाई प्राथमिकता दिनुपर्ने बताए । उनकाअनुसार स्टार्ट नेटवर्कले कन्काई, वागमती र पश्चिम राप्तीमा ‘स्टार्ट रेडी’ कार्यक्रममार्फत बाढीको पूर्वतयारी र एन्टिसिपेटरी एक्शनको अभ्यास गरिरहेको छ ।
उनले भने , ‘‘हाम्रो करिव ३० प्रतिशत प्रोजेक्टहरू एन्टिसिपेटरी एक्शन र मल्टीहाजार्डमा केन्द्रित छन् । यो ‘प्रोएक्टिभ रेस्पोन्स’ ९सक्रिय प्रतिकार्य० को अर्को विकल्प छैन । हामी कन्काई, वागमती र वेस्ट राप्तीमा बाढीको विषयमा काम गर्दैछौँ । विपद्बाट हुने क्षतिको दर घटाउन यसमा लगानी बढाउनु र अनुभव आदानप्रदान गर्नु जरुरी छ ।’’

विपद् व्यवस्थापन विज्ञ वंशीकुमार आचार्यले नेपालको विद्यमान कानून पूर्वानुमानमा आधारित प्रतिकार्यका लागि वाधक नभई अपूर्ण मात्र रहेको टिप्पणी गरे । उनले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐनको दफा ८ लगायतका विभिन्न खण्डमा केन्द्रिय कार्यकारी समितिलाई पर्याप्त अधिकार दिइएको बताएका छन्। ।पाइलटिङका रूपमा भइरहेका अभ्यासलाई अब संस्थागत गर्नुपर्नेमा जोड दिँदै आचार्यले भने , ‘‘पूर्वानुमानमा आधारित प्रतिकार्यसम्बन्धी कुरा हाम्रो नीतिमा वाधक होइन । ऐनमा प्राधिकरणले समन्वय र सहजीकरण गर्ने अधिकार पाइसकेको छ । अब ‘प्रोसिड्युरल डिटेल’ ९कार्यविधिगत विवरण०, फ्रेमवर्क र रोडम्याप बनाएर यसलाई मूलप्रवाहीकरण गर्न आवश्यक छ ।’’

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्राविधिक उपसचिव राजेन्द्र शर्माले पूर्वसूचनामा आधारित पूर्वकार्यको ‘फ्रेमवर्क’ तयार भइरहेको जानकारी दिए । उनले विपद् हुनुअघि नै काम गर्दा मानवीय र आर्थिक स्रोतको बचत हुने बताए ।
शर्माले भने , ‘‘कार्यढाँचामा कसरी, कहिले र कसले काम गर्ने भन्ने कुरा स्पष्ट पारिँदैछ । विपद्को घटना हुनुभन्दा अघि नै तयारी गरिने भएकाले पछि गरिने प्रतिकार्यमा लाग्ने जनशक्ति र खर्च घट्छ । त्यसैले यसमा लगानी बढाउनुपर्छ ।’’

गृह मन्त्रालयको विपद् अध्ययन, जोखिम न्युनिकरण तथा पूर्वानुमान शाखाका उपसचिव विश्वराज न्यौपानेले एन्टिसिपेटरी एक्शन विपद् पूर्वतयारीको अभिन्न अङ्ग रहेको बताए । उनले सरकारसँग हाइड्रोमेट्रोलोजिकल विपद्को पूर्वानुमान गर्ने राम्रो आधार रहेको र सोही आधारमा जोखिम न्यूनीकरणका काम भइरहेको दाबी गरे ।धेरैले एन्टिसिपेटरी एक्शनलाई नगद वितरणका रूपमा मात्र बुझ्ने गरेको भन्दै उनले प्रस्ट पारे, ‘‘एन्टिसिपेटरी एक्शन भनेको नगद बाँड्ने मात्र होइन । मौसम विभागले पूर्वानुमान गर्नेबित्तिकै हामीले गर्ने सबै ‘अर्लि एक्शन’ यसभित्र पर्छन् । क्यास एउटा पाटो मात्र हुनसक्छ । विद्यमान नीतिले क्यासलाई अन्तिम विकल्पका रूपमा मात्र हेरेको छ ।’’

हाल प्राधिकरणले सन् २०२६ देखि २०३० सम्मको एन्टिसिपेटरी एक्शनको राष्ट्रिय फ्रेमवर्क र रोडम्याप तयारी प्रक्रिया अघि बढाएको छ । यो कार्यढाँचा सरकारको ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ द्वारा निर्देशित रहेको जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x