बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

विप्लवले भने–माओवादी केन्द्रसँग तत्काल एकता असम्भव

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेकपा माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको ठहर गरेको छ । बरु आफ्नै नेतृत्वमा माओवादी धारलाई समेटेर नेतृत्व गर्न पहलकदमी लिने निर्णय नेकपाले गरेको छ ।

नेकपा माओवादी केन्द्रको स्थायी समितिको सोमबार सम्पन्न बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । सोमबार साँझ नै नेकपाको स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकले नेकपा माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको भन्दै एकताको कारण र आधार पहिले स्पष्ट पार्नुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकको निर्णयबारे जानकारी दिंदै प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने, ‘माओवादी धार, क्रान्तिकारी कम्युनिष्टहरु र समूहसँग एकता र ध्रुवीकरणको हाम्रो नीति त छँदैछ, तर नेकपा माओवादी केन्द्रसँग अहिले एकताको सम्भावना टरेको छ । किनभने उसले त्यसको कारण र आधार पहिले स्पष्ट पार्नुपर्छ ।’

देश इतिहासकै सबैभन्दा अप्ठ्यारो स्थितिमा रहेको भन्दै नेकपाले त्यसको समाधानका लागि नेकपाले पहलकदमी लिने र समाजवादी गणतन्त्रमा अघि बढ्ने निर्णय गरेको प्रवक्ता विश्वकर्माले जानकारी दिए । बैठकले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न भदौमा केन्द्रीय समिति बैठक बस्ने र ३० साउनमा सातवटै प्रदेशमा प्रदर्शन गर्ने निर्णय समेत गरेको छ ।

एमसीसी राष्ट्रहित अनुकूल नभएको भन्दै नेकपाले काठमाडौं उपत्यकासहित सातवटै प्रदेशका मुख्य शहरमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x