माओवादी केन्द्रको दाबी – ‘०८४ मा हुने निर्वाचनमा एकल बहुमत ल्याउँछौँ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले पार्टीले ०८४ मा हुने निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरेको छन् । उनले पार्टीको हालै सकिएको स्थायी कमिटी बैठकले पार्र्टीलाई नयाँ उर्जा दिएको बताए ।
माओवादी पार्टीका जनवर्गिय संगठन, विभिन्न मुक्तीमोचाहरु असाधारण तरिकाले पार्टी निर्र्माणमा लागेकोले २०८४ सालमा माओवादी केन्द्रको स्पष्ट बहुुमत आउने उनको दाबी छ ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले पार्टीले सञ्चालन गरेकोे हुलाकी राजमार्ग अभियान, मध्यपहाडी लोकमार्ग अभियानले माओवादीलाई जनतासँग जोड्न सफल भएको जिकिर गरे ।
उपाध्यक्ष सापकोटाले माओवादी केन्द्र केही समय रुमल्लिए र अल्मलिएजस्तो देखिएपनि अब यसले गति लिएको दाबी गरे ।
सापकोटाले वर्गीय सम्बन्ध गाढा र घनिष्ट नहुँदा पार्टीप्रति शहिद तथा वेपत्ता परिवारका गुनासा र चित्त दुखाईहरु पनि देखिएको स्वीकार गरे ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE