राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ ।
नयाँवानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो सवा एक बजे बैठक बस्न लागेको हो ।
आजको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची छ ।
यस्तै, बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्नेछन् ।
सङ्घीय संसद् सचिवालयका अनुसार आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची तय भएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE