बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

संसदमा रोसन कार्की र सूर्य थापाको चर्काचर्की

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले उपसभामुखविरुद्ध अविश्वास प्रश्तावमार्फत हटाउन खाली कागजमा हस्ताक्षर गरेको भन्दै सत्तारुढ दलहरुप्रति कटाक्ष गरेपछि नेकपा एमालेका सांसद सूर्य थापाले नियमापत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद कार्कीले एमाले र काँग्रेसका सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराएर नाटक रचिएको टिप्पणी गरेपछि सांसद थापाले आपत्ति जनाएका हुन । सांसद कार्कीले संवैधानिक परिषद्मा बहुमत नपुग्दा आफ्ना आसेपासेलाई नियुक्त गर्न उपसभामुखलाई निशाना बनाइएको आरोप लगाए ।

उनले ‘संवैधानिक परिषद्मा बहुमत पुगेन भनेर उपसभामुखमाथि महाअभियोग लगाउन कस्तो पार्टी ? कस्ता सांसद धिक्कार होस्’ भन्ने टिप्पणी गरे । उनले भनिन्, ‘हिजो दिनभरी नौटंकी देखियो । एमाले र नेपाली काँग्रेसहरुले आफ्ना माननीयज्युहरुलाई खाली काजगमा हस्ताक्षर गरेको भन्ने खबर सुनियो ।

यो केका लागि त ? यो किन त भन्दा उपसभामुखलाई अविश्वसाको प्रश्तावमार्फत हटाउन रे । उहाँहरुलाई संवैधानिक परिषद्मा बहुमत पुगेन । बहुमत पु¥याएर आफ्ना आसेपासेहरुलाई नियुक्ति गर्नको निम्ति उपसभामुखमाथि महाअभियोग लगाउने कुराहरु त्यहाँ चल्यो ।

सही गराउने कस्तो पार्टी, सांसदहरु कस्ता ? धिक्कार होस् ।’ लगत्तै सांसद थापाले सार्वभौम संसदमा गालीगलौज र आपत्तिजनक शब्दहरु स्वीकार्य नहुने बताए । उनले मण्डलेहरुसँग लामो समयसम्म लडेर आफूहरु आएको उल्लेख गर्दै शब्द चयनमा ध्यान दिन आग्रह समेत गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x