बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

‘ग्लोबल कन्फरेन्स एण्ड अवार्ड’ भव्य रूपमा समापन, को-को भए सम्मानित ?

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं । निकिला मिडिया नेटवर्क, एस.एम.पी. र ग्रीन लाइफ योगा दनाङ्गको संयुक्त आयोजनामा “ग्लोबल कन्फरेन्स एण्ड अवार्ड-२०२५” गत शुक्रबार भियतनामको दनाङ्गस्थित इडेन होटलमा भव्य रूपमा सम्पन्न भएको छ। ग्लोबल कन्फरेन्सका अध्यक्ष तथा नेपाली चर्चित अभिनेता श्रीदेव भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भियतनामकी वरिष्ठ समाजसेवी तथा पूर्व राष्ट्रपति बुहारी हुयेन थि लिउ प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्।

कार्यक्रममा दनाङ्ग अस्पतालका वरिष्ठ चिकित्सक डा. फान भान लिएन, ग्रीनव्हिच विश्वविद्यालय दनाङ्ग क्याम्पसकी लेक्चरर फान चन फोउंग चांग, ट्री सर्भिस एण्ड टुरिजम कम्पनी लिमिटेडका सह(निर्देशक भोथि माइ थि, इनबैण्ड टुरिजम भियतनामका निर्देशक ङ्गयेन होइ चान, मेटा इंगलिस सेन्टरका निर्देशक फान ले मिन चाउ, सामाजिक अभियन्ता टुयेट ले थाई, योगा प्रशिक्षक ङ्गयेन सन, योगा तथा वेलनेस मास्टर गिरिराज तिमल्सिना लगायतका व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।

नेपालबाट समेत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सम्मानित हुनेमा चितवन मेडिकल कलेजका सहनिर्देशक अरुण कोइराला, व्यवसायी बिमन कार्की, वरिष्ठ साहित्यकार राधा देवी भण्डारी, कलाकार पुरूषोत्तम आचार्य, स्वास्थ्य व्यवसायी गोपाल खड्का, समाजसेवी रञ्जिता गुरुङ, उद्यमी पुष्पा घिमिरे, नेपाल राष्ट्र बैंकका बैंकर कृष्ण केसी, वरिष्ठ गीतकार प्रमोद भट्टराई ‘प्रतिक’, वरिष्ठ कानुनविद् अधिवक्ता कलम ब. खत्री, लोकप्रिय गायिका भावना आचार्य लगायत रहेका थिए।

विशेष अवार्ड प्राप्त गर्नेमा कलाकार पवन प्रसाद खतिवडा ‘बाबा’ले दशकौँ कलाकार अवार्ड, सामाजिक अभियानता पूजा बिकबस्नेतले उत्कृष्ट समाजसेवी अवार्ड, गायक अर्जुन खरेलले उत्कृष्ट लोक–पप गायक (गीत ‘दुई चुल्ठी’का लागि) अवार्ड, सौन्दर्यकर्मी मन्दिरा खड्का ह्ययुले उत्कृष्ट कस्मेटोलोजिस्ट अवार्ड प्राप्त गरे। साथै, ममता खत्री र रिता देवी कटेल आचार्यलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि हुयेन थि लिउले सम्पूर्ण सम्मानित अतिथि र अवार्ड विजेताहरूलाई अवार्ड तथा सम्मानपत्र प्रदान गरिन्। भियतनाम संयोजक वरिष्ठ योग प्रशिक्षक रमेश केसीले नेपाल र भियतनामका सहभागीहरूलाई स्वागत गरेका थिए भने अन्तर्राष्ट्रिय इभेन्ट डाइरेक्टर सोनितराज ढुङ्गेलले कार्यक्रमको उद्घोषणा गरेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x