ललितपुरमा कोशीका मन्त्री चढेको गाडीले बालिकालाई ठक्कर दिएपछि …

काठमाडौं । ललितपुरको हरिसिद्धीमा कोशी प्रदेशका आर्थिक मामिला मन्त्री चढेको गाडीले बालिकालाई ठक्कर दिएको छ ।
शनिबार बिहान ललितपुर महानगरपालिका–२८ कटिखेलस्थित मन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
को १ झ ६९९ नम्बरको सरकारी गाडीले बाटो काट्दै गरेकी ११ वर्षीया बालिका उषा सुनुवार मगरलाई ठक्कर दिएको हो ।
एमालेबाट मन्त्री भएका जोशी ललितपुरमा शुक्रबारदेखि सुरू भएको विधान महाधिवेशनमा सहभागी हुन शनिबार बिहान गोदावरी जाँदै थिए ।
मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएपछि स्थानीयले गोदावरी जाने सडक अवरूद्ध गरेका थिए ।
घाइते भएकी बालिका सुनुवारलाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो । अहिले उनी अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE