शनिबार, अशोज १८, २०८२
Saturday, October 4, 2025

मनसुनजन्य विपद् व्यवस्थापन र उद्धारका लागि सशस्त्रका २ हजार ६ सय ६१ जनशक्ति परिचालन

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् व्यवस्थापन र उद्धारका लागि २ हजार ६ सय ६१ जनशक्ति परिचालन गरेको छ ।

शनिवार बिहानदेखि शुरु भएको वर्षाबाट जनधनको सुरक्षा गर्न २६ सय बढी जनशक्ति खटाएको हो । सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सशस्त्र प्रहरी बलका नायव उपरीक्षक लक्ष्मण बस्नेतले ३ सय ३२ स्थानमा २ हजार ६ सय ६१ जना सशस्त्र प्रहरी कर्मचारीहरु खटाएको बताए ।

उनले विभिन्न नदी तटीय क्षेत्र, राजमार्ग, समुदायमा गएर माइकिङ गर्ने सचेतनाका लागिदेखि उद्धारका सामग्रीसहित परिचालन भइरहेको जानकारी दिए । हालसम्म कुनैपनि गम्भीर किसिमको घटनाको सूचना प्राप्त नरहेको बताउनु भयो । ५० मिटर जति नदीले सडक कटान गरेको ठाउँमा बाँसहरु लगाएर बोराहरु हाल्ने काम भएको बताए।

१ सय २९ वटा ¥याफ्टिङहरु कोशी, गण्डकी, वागमती प्रदेशहरुमा, मधेस प्रदेशमा परिचालन गरिएको पनि बताए । उद्धार टोली र एम्बुलेन्सहरु सबै स्ट्याण्डबाइ राखिएको बताउनु भयो । ६७ जिल्लाका विभिन्न स्थानहरुमा माइकिङ गरेर सचेत रहनका लागि अनुरोध गरिरहेको जानकारी दिए । उनले सामाजिक सञ्जालमार्फत मनसुन सचेतनाका लागि सामग्रीहरु पठाएर सतर्क पारिएको बताए ।

उनले भने , ‘आजको दिनमा २ हजार ६ सय ६१ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई ३ सय ३२ स्थानमा खटाइएको छ । विभिन्न नदी तटीय क्षेत्र, राजमार्ग, समुदायमा गएर माइकिङ गर्ने सचेतनाका लागिदेखि उद्धारका सामग्रीसहित परिचालन भइरहेको छ । गम्भीर किसिमको घटनाको सूचना प्राप्त भइसकेको छैन । केही ठाउँहरुमा पहिरो गएर बाटो अवरुद्ध भएको छ । ५० मिटर जति नदीले सडक कटान गरेको ठाउँमा बाँसहरु लगाएर बोराहरु हाल्ने काम भएको छ । १ सय २९ वटा ¥याफ्टिङहरु कोशी, गण्डकी, वागमती प्रदेशहरुमा, मधेस प्रदेशमा परिचालन भएको छ । एम्बुलेन्सहरु सबै स्ट्याण्डबाइ छ, उद्धार टोलीहरु तैनाथ छन् । ६७ जिल्लाका विभिन्न स्थानहरुमा माइकिङ गरेर सचेत रहनका लागि अनुरोध गरिरहेको अवस्था छ । सामाजिक सञ्जालमार्फत मनसुन सचेतनाका लागि सामग्रीहरु पठाउँदै आएको छ ।’

उनले ३ हजार ६ सय ३६ जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई अहिलेको अवस्थामा विभिन्न उपकरणसँगै उद्धारमा जुट्न तयारी अवस्थामा रहन निर्देशन दिएको बताए। हिमाली क्षेत्रमा पुगेका पर्यटकलाई हिमपात हुनसक्ने पूर्वानुमानअनुसार सुरक्षित स्थानमा फर्किन आग्रह गरिएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x