शनिबार, कार्तिक ९, २०८२
Saturday, October 25, 2025

जेन–जी आन्दोलनको क्रममा लुटिएका हतियार फिर्ता गर्न गृहले विशेष अपरेशन चलाउने

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं । जेन–जी पुस्ताको आन्दोलनको क्रममा लुटिएका हातहतियारहरु फिर्ता ल्याउन गृह मन्त्रालयले विषेश अपरेशन सञ्चालन गर्ने भएको छ । आईतवार सिंहदरबारमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो जानकारी दिएका हुन ।

उनका अनुसार बैठकमा निर्वाचनको तयारीसम्बन्धी रणनीतिक योजनाहरु प्रश्तुत गर्न गठित कार्यदलको कामकारबाहीबारे समेत समिक्षा भएको छ । उनले बैठकमा निर्वाचनको वातावरण निर्माण गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई मुख्य जिम्मेवारी दिने निर्णय भएको पनि बताए ।

उनले आन्दोलनको क्रममा जेलबाट भागेका कैदीहरुलाई कारागर फिर्ता गर्न सुरक्षा निकायलाई थप सक्रियताका साथ परिचालन गर्ने निर्णय भएको पनि बताए ।
उनले भने, ‘हामीले यसअघिको बैठकमा निर्वाचनको तयारीसँग सम्बन्धीत रणनीतिक योजनाहरु प्रश्तुत गर्न एउटा कार्यदल बनाएका थियौं । आजको बैठकमा उसले गरेको कामको समिक्षा गर्यौं । निर्वाचनको लागि सोअनुरुप हामीले आफू मातहतको निकायहरुलाई परिचालित गर्नुपर्ने हुन्छ । कार्यदलले दिएका रणनीतिक योजनाहरु हामी प्रमुख जिल्ला अधिकारीमार्फत कार्यान्वयन गराउँछौं ।

प्रमुख जिल्ला अधिकारीको पहिलो प्राथमिकता नै अब निर्वाचन हुन्छ । त्यसबारे निर्णय गरेका छौं । जेन–जी आन्दोलनको क्रममा लुटिएका हतियारहरु फिर्ता ल्याउनको लागि विषेश कार्यक्रम चलाउँछौं ।

आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरुलाई फिर्ता ल्याउनको लागि पनि थप कार्यक्रमहरु ल्याउँछौं । निर्वाचनको वातावरण बनाउनको लागि शान्ती सुरक्षाको प्रत्याभूति दिलाउनको लागि सुरक्षा निकायहरुको जोइन्ट पेट्रोलिङ गर्ने कुराहरु पनि साथसाथै अगाडि बढाउँछौं ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x