मैले प्रधानमन्त्रीमा कार्कीलाई सिफारिस गरेको भनेर दाहालले झुट बोलेः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गर्ने काम ओलीले गरेको भनेर झुट बोलेको बताएका छन् ।
आईतवार सम्पादकहरुसँगको संवाद कार्यक्रममा बोल्दै उनले आफूले गर्दै नगरेको काम ग¥यो भनेर दाहालले झुट बोलेको प्रष्टयाएका हुन । अध्यक्ष ओलीले राष्ट्रपतिको आग्रहमा गरेको सिफारिस प्रधानमन्त्रीमा कसैको नाम सिफारिस नगरेको पनि बताए ।
अध्यक्ष ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरेका भए प्रणाण देखाउन पनि दाहाललाई चुनौति दिए । उनले भने,‘यो अन्तिम सरकार संविधान अन्तर्गत बनेको होइन । अस्ती फेरि प्रचण्डजीले भयानक झुट बोल्नुभयो । केपी ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गर्नुभएको हो भनेर ।’
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE