शुक्रबार, कार्तिक २२, २०८२
Friday, November 7, 2025

एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त

  • 50
  •  
  •  
  •  
  •  
  •  
  •  
    50
    Shares

काठमाडौँ । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजितकुमार शाक्य नियुक्त भएका छन् । बैंकको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले शाक्यलाई ४ वर्षे कार्यकालसहित सीईओको जिम्मेवारी दिइएको बैंकले जनाएको छ ।

शाक्यले आगामी ३० दिनभित्र बैंकमा सीईओको कार्यभार सम्हाल्नेछन् । बैंक सञ्चालक समितिले शाक्यलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो । तीन दशक लामो अनुभव भएका शाक्य हाल नबिल बैंकको वरिष्ठ डेपुटी सीईओ हुन् । यसअघि उनी ग्लोबल आईएमई बैंक, जनता बैंक, सिभिल बैंक लगायतमा काम गरेको अनुभव छ ।

एनआइसी एसिया बैंकबाट तत्कालीन सीईओ रोशनकुमार न्यौपानेले राजीनामा दिएसँगै उक्त पद रिक्त थियो । शाक्यले कार्यभार नसम्हालेसम्म सन्तोषकुमार राठीले कायम मुकायम सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x