मङ्लबार, मंसिर ३, २०८२
Tuesday, November 18, 2025

एमाले निर्वाचनबाट भाग्ने पार्टी होइन तर नहुने निर्वाचनको पैरवी गरेर समय खेर फाल्दैनः महासचिव पोखरेल

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले निर्वाचनबाट भाग्ने पार्टी नभएपनि नहुने निर्वाचनको पैरवी गरेर समय खेर नफाल्ने टिप्पणी गरेका छन् ।

सोमवार रुपन्देहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले वर्तमान अन्तरिम सरकार चुनाव गर्नको लागि बन्दै नबनेको जिकिर गरे । उनले सरकारका क्रियाकलापहरु चुनावकेन्द्रित नभएको आरोप समेत लगाए । उनले निर्वाचन आयोगले निर्वाचनको तयारी तिव्र पारेको भएपनि सरकार निर्वाचन गराउने दिशामा केन्द्रित नएको उनको आरोप छ ।

उनले भने, ‘नेकपा एमाले कहिल्यै पनि चुनावबाट भाग्ने पार्टी होइन । तर नहुने चुनावको पैरवी गरेर समय खेर फाल्दैन । यो सरकार चुनाव गर्नको लागि बनेकै होइन । यो सरकारका क्रियाकलापहरु चुनावतर्फ केन्द्रित नै छैनन् । निर्वाचन आयोगले मात्र चुनावको कुरा गरेर चुनाव हुदैन ।

निर्वाचन आयोगले गर्दागर्दै पनि सरकार चुनावको दिशामा छैन भन्ने हाम्रो ठहर हो, निष्कर्ष हो । र यो नै सत्य हो । अरु राजनीतिक दलका नेताहरु जो चुनाव चुनाव भनिरहनुभएको छ । उहाँहरु चुनाव हुने विश्वासमा होइन जेनजी रिसाउलान् भनेर चुनाव भनेका हुन् । नेकपा एमाले कसैसँग पनि डराउदैन । त्यसकारण हामी जनताका बीचमा छौं, सडकमा छौं । स्पष्ट एजेण्डा बोकेर यदि कुनै पार्टी अगाडि बढेको छ भने त्यो नेकपा एमाले मात्रै हो ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x