निर्माणाधिन संघीय संसद भवनलाई समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
काठमाडौं । सभामुख देवराज घिमिरेले सिंहदरबारभित्र निर्माणाधिन संघीय संसद भवनलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । बिहीवार राष्ट्रिय सभाअध्यक्षसहित निर्माणाधिन भवन निरीक्षणमा पुग्नुभएका सभामुख घिमिरेले यस्तो निर्देशन दिएका हुन ।
उनले निर्माण कार्यको गति थप बढाउन समेत निर्माण कम्पनीलाई निर्देशन दिए । उनले निर्माण कम्पनीले हाल ३५० जनाको श्रमशक्ति प्रयोग भइरहेको जानकारी दिएको उल्लेख गर्दै सोहीअनुसार अगामी चैत १५ सम्म निर्माण सम्पन्न गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।
निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘निर्माणाधिन संसद भवन निर्माणको कार्यले केही गति लिएको जस्तो देखिन्छ । राष्ट्रिय सभा अहिले पनि जारी छ । त्यसको हल छैन । राष्ट्रिय सभा यो भवनमा तत्काल चलाउनको लागि सम्भव देखिएन । त्यसको लागि अरु नै विकल्प खोज्नुपर्ने आवश्यकता छ ।
प्रतिनिधि सभा सञ्चालनको लागि चैतको अन्तिमसम्ममा तयारी गर्नेगरी जानुपर्छ । त्यसरी गयो भने सकिन्छ भन्ने देखिन्छ । उहाँहरुको भनाइअनुसार अहिले ३ सय ५० जनाको श्रमशक्ति लागिरहेको छ भन्ने छ । आवश्यक सामानहरु पनि आएको भनेर भन्नुभएको छ । तर गति चाँही अलिकति सन्तोषजनक नभएपनि स्पीड लिएको हुँदाखेरी आशा राख्ने ठाउँ छ ।’
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE