शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त भएका छन् । मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पाली कांग्रेसका नेता कृष्णप्रसाद यादवलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादवले ७७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री यादवले कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । नवनियुक्त मुख्यमन्त्री यादवले प्रदेशको बेथिति हटाउने आफ्नो पहिलो काम हुने बताए ।

शुक्रबार यादव सात दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । ‘अब हाम्रो योजना भनेको प्रदेश बेथितिमा रहेको छ, पहिलो काम थितिमा ल्याउने हो’, उनले भने, ‘सुशासन कायम गर्ने हो ।’ उनले मधेस प्रदेश गरिबी र अशिक्षाबाट गुज्रिरहेको भन्दै पहिलो प्राथमिकता दिएर काम सुरु गर्ने बताए । उनले त्यसअघि चरणबद्ध रूपमा मन्त्रिमण्डल विस्तार गर्ने बताएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x