शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि चीनका राजदुत चेन सोङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेट भएको हो ।

भेटका क्रममा दुवै पक्षले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका छन् । राजदुत चेन सोङले नेपालको विकास र समृद्धिमा चीनको निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुयाउने बताए।

यो भेटले दुई छिमेकी राष्ट्रबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x