शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल

  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई नेपाली जनताले बहुमत दिनुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभामा बोल्दै उहाँले सो कुरा बताएका छन् ।

सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टी जनताको सपना साकार पार्ने अभियानमा छ कि छैन रु भन्नेकुराको अग्नी परीक्षामा सहभागी हुन पनि आगामी निर्वाचनमा जनताले बहुमत दिएर जनताको सेवा गर्ने अवसर प्रदान गर्नुपर्ने जिकिर समेत गरे । नेपाली जनताले आगामी निर्वाचनमा बहुमत दिए आफूहरुको जनताको सपना साकार पार्ने सहसंयोजक नेपालको दाबी थियो ।

उनले आफूहरुले इमान्दारिता, देशभक्ति र जनताको भावनाअनुसार अघि बढ्ने संकल्प लिएको समेत बताए ।

उनले भने, ‘नेपाली जनताले हामीलाई आउने चुनावमा विश्वास गरेर जिताएको खण्डमा बहुमत दिएको खण्डमा हाम्रो अर्को अग्नी परीक्षा शुरु हुन्छ । हामी साँच्चै जनताको सपनालाई साकार पार्नका लागि इमान्दारिताका साथ अगाडि बढेका छौ कि छैनौँ रु हामीलाई एक पटक तपाईहरुले मौका दिनुपर्ने हुन्छ । हामीले आजसम्म इमान्दारिताको राजनीतिलाई, देशभक्तिको भावनालाइ देश प्रेमको भावनालाई, जनताको सेवाको भावनालाई पूरा गर्ने आँट पनि गरिरहेका छौँ ।’

सहसंयोजक नेपालले आफ्नो पार्टी जेन–जी पुस्ता एकीकृत भएर आउने क्रम जारी रहेको समेत बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x