शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

खुला मञ्च खुला गरियोस्ः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले खुला मञ्च खुला गर्न सरकारसँग माग गरेका छन् । शनिवार काठमाडौंमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्तो माग गरेका हुन् ।

संयोजक प्रचण्डले एक लाख मानिस अट्ने मैदान नहुनु लज्जाको विषय भएको बताए । उनले एक लाख मानिसहरु राजनीतिक दलले उतारेर कार्यक्रम गर्न नपाउनु अपमानजनक विषय भएको बताए । काठमाडौं उपत्यकाका अन्य स्थानहरु राजनीतिक दलहरुलाई कार्यक्रम गर्न सानो भएको उनको भनाइ छ ।

उनले भने , ‘सबैभन्दा पहिला त म नेपाल सरकार र महानगरपालिकालाई यो खुला मञ्च खुला गर्नको लागि आग्रह गर्न चाहन्छु, जोडदार ढंगले सम्पूर्ण जनसमुदायको तर्फबाट तपाईंहरुलाई आग्रह गर्दछु । किनकी यो नेपाल राष्ट्रकै निम्ति अपमानको विषयको हो । एउटा एक लाख मानिस जम्मा भएर बस्ने चौर हामीकहाँ नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ । महानगरपालिकाको जिम्मेवारी लिएका प्रतिनिधि र सरकारलाई सबैभन्दा पहिला जोडदार माग गर्न चाहन्छु ।’

संयोजक दाहालले सबै वामपन्थी कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x