शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

हामी राजनीति गर्न आएका होइनौँः कुलमान घिसिङ

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरु राजनीति गर्न नआएको बताएका छन् । चितवनमा शनिवार जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूहरु राजनीति गर्न नभइ देश परिवर्तन गर्न आएको उनको भनाइ छ ।

राजनीति र नेतृत्व फरक कुरा रहेको बताउँदै उनले देशलाई परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे । उनले नेपालमा जुन किसिमको राजनीति छ त्यो राजनीति गर्न आफू राजनीतिक दल खोलेर नआएको बरु बाटोमात्रै समातेको जिकिर गरे । देश परिवर्तन भएन, देशमा सुशासन भएन, देश समृद्ध भएन भने देश कहिल्यै पनि अघि बढ्न नसक्ने उनको भनाइ छ ।

उनले भने, ‘हामी राजनीति गर्न चाहीँ आएको होइन । राजनीति गर्न आएको होइन तर देश परिवर्तन गर्न आएको हो । राजनीति र नेतृत्व फरक छ । देशलाई परिवर्तन गर्न आएको हो । जुन किसिमको राजनीति नेपालमा छ, त्यो राजनीति गर्न आएको होइन, त्यो बाटोमात्रै समातेको हो । यो बाटो समातेर देशलाई परिवर्तन गर्नुपर्छ । देश परिवर्तन भएन, देशमा सुशासन भएन, देश समृद्ध भएन भने देश कहिल्यै पनि अघि बढ्दैन । हामी देश परिवर्तन गर्ने नेतृत्व दिन आएका हौँ । देशको शासक बन्न आएको होइन । आम नेपाली जनताको सेवक बन्न आएका हौँ ।’

मन्त्री घिसिङले आफू भाषण नभइ नतिजा दिने पक्षमा रहेको बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x