शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

कारागारबाट रिहापछि रवि लामिछानेले बढाए सक्रियता, जेन–जीका माग पुरा गरेरै छाड्ने प्रतिवद्धता

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

कारागारबाट रिहापछि रवि लामिछानेले बढाए सक्रियता, जेन–जीका माग पुरा गरेरै छाड्ने प्रतिवद्धता

काठमाडौं । सहकारी ठगी प्रकरणमा काठमाडौंको नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तुलसिपुर उच्च अदालत बुटवल इजलासले बिहीबार धरौटीमा छाड्न आदेश दिएसँगै तीन करोड बढी धरौटी बुझाएर शुक्रबार कारागारबाट रिहा भएपछि आफ्नो राजनीतिक गतीविधीलाई पुनः सक्रिय बनाएका छन् ।

शुक्रबार कारागारबाट रिहा भएपछि भैरहवाबाट चितवन हुँदै शनिबार काठमाडौं आएका लामिछानेले काठमाडौं पुगेलगतै बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगेर जेनजी आन्दोलनका सहीद परिवारसँग छलफल गरेका छन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेनजी आन्दोलनका क्रममा युवाहरुलाई हत्या गरिएको भन्दै शहीद परिवारको न्यायका लागि लड्ने बताए ।

सुशासन कायम गर्ने कुरामा सरकारलाई रास्वपाको पूर्ण साथ रहेको उनको भनाइ छ । उनले जेनजी र जेनजी शहीद परिवारको मागलाई पुरा गर्नका लागि रास्वपा र आफ्नो ऐक्यबद्धता रहेको जिकिर गरे ।शहीद परिवारले जेनजी आन्दोलनका क्रममा छानिछानि हत्या हुँदा पनि कारवाही गर्न सरकारले अग्रसरता नदेखाएको गुनासो गरेको लामिछानेले बताए ।

शुक्रबार रिहा भएसँगै भैरहवाबाट सिधै चितवन पुगेका लामिछानेले शनिबार काठमाडौं आउनुअघि चौबिसकोटीमा आयोजित रास्वपाको सभालाई समेत सम्बोधन गरेका थिए । उक्त सम्बोधनको क्रममा पनि उनले आफू जेनजीहरूकै साथमा रहेको बताउदै चिन्ता नगर्न पनि आग्रह गरे ।

यस्तै लामिछानेले सुशासनको डण्डा चलाउँदै समयमै निर्वाचन सम्पन्न गर्न अन्तरिम सरकारसँग आग्रह गरे । मुलुकको भविष्यलाई सोचेर आगामी कदम चाल्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । भत्केका संरचना बनाउनुपर्ने, टुटेका सपना जोड्नुपर्ने आजको आवश्यकता भएको बताउदै उनले पुराना राजनीतिक दलहरुले दुःख दिएपनि नयाँले नदिने दाबी गरे । प्रधानमन्त्री सुशीला कार्कीको अनुहारमा अध्याँरो देखिरहेको भन्दै अनुहार उज्यालो पार्न उनले आग्रह गरे ।

सभापति लामिछानेले आफू जुनसुकै त्याग गर्न तयार रहेको दाबी गरे । देश बन्नु ठूलो कुरा भएको भन्दै देश बनाउने कुरामा आफूले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको उनको भनाइ छ । उनले आफ्ना साथीहरू मिल्नपर्नेहरू मिल्नका लागि संवादमै रहेको जानकारी पनि गराए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x