राष्ट्रपति–प्रधानमन्त्री सहित तीन दलका शीर्ष नेताबीच छलफल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन् ।
छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् ।
जेनजी आन्दोलनपछि तीनवटै दलका शीर्ष नेतासँग राष्ट्रपति र पौडेलले गरेको यो पहिलो छलफल हो । उनीहरूबीच अहिले शीतलनिवासमा छलफल जारी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम र आगामी फागुन २१ गते हुने निर्वाचनबारे छलफल केन्द्रीत रहेको जनाइएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE