बालेन भेटेपछि बाबुरामले भने : नयाँ र वैकल्पिक मिल्नुपर्छ भन्ने १० वर्ष देखिको सपना हो
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्ति मिल्नुपर्छ भन्ने आफ्नो १० वर्ष पहिलेदेखिको सपना भएको बताएका छन् ।बिहीबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनसँग भेटेर निस्केका उनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।
उनले भने, ‘मेरो १० वर्षदेखिको सपना हो, नयाँ र वैकल्पिक मिल्नुपर्छ ।यसै विषयमा परामर्श गर्न बालेनजीले बोलाउनुभएको थियो र म यहाँ आएको हुँ,’ उनले भने, ‘विचार र एजेन्डामा सबै मिल्नुपर्छ सबै एक भएर जानुपर्छ ।’
बिहीबार बालेनले आफू दलीय राजनीतिमा आएको जानकारी दिँदै विभिन्न नयाँ भनिएका शक्तिहरूसँग छलफल गरिरहेका छन् । यहीक्रममा पुगेका बाबुरामसँग उनले आफू राजनीतिमा आएको र कस्तो सहयोग गर्न सक्नुहुन्छ भनेर पनि सोधेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE