मङ्लबार, पुस १५, २०८२
Tuesday, December 30, 2025

रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन

काठमाण्डौं। नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र साह र कुलमान घिसिङबीचको राजनीतिक सहकार्यलाई दुब्लाहरुको गठजोड भनि टिप्पणी गरेका छन् ।

एमाले जस्तो बलियो पार्टीसँग मुकाविला गर्न दुब्लाहरुले सहकार्य गर्नुपरेको ओलीका जिकिर थियो । मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेलाई सिंहको संज्ञा दिँदै त्यसलाई कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर जित्न नसक्ने बताए । अध्यक्ष ओलीले काँग्रेस, एमाले जस्तो विशाल पार्टी लड्नका लागि दुब्लाहरुले जो कोहीसँग पनि निरन्तर सहकार्य र एकताको कुरा गरिरहेको दावी समेत गरे । उनले को लोकप्रिय छ भन्ने कुरा परीक्षण आगामी निर्वाचनबाट हुने समेत बताए । अध्यक्ष ओलीले लोकतन्त्र पराजित नहुने भएकाले आफूहरुले आगामी निर्वाचनमा विजय सुनिश्चित भएको जिकिर समेत गरे ।

उनले भने,‘अहिले लोकप्रियता, अलोकप्रियताका अनेक विवादहरु, सृजना गरिएका अनेक भाष्यहरुको व्यवस्थित जवाफ एमालेका महाधिवेशनले दिएको छ । अर्को देशका को बढी लोकप्रिय छ भन्ने चर्चा यो निर्वाचनसम्म नै रहन्छ । प्रधानमन्त्री बनाइसके मान्छेले घरैमा । हामी चुनाव पर्खिराखेका छौँ । कहिले होला रु फागुन २१ मा होला रु वा वैशाखमा होला । वा अर्को मंसीरमा होला । हामी चुनाव पर्खिरहेका छौ । जस्तो महाधिवेशनबाट हामीले धेरै कुराको जवाफ दिएका छौ । त्यस्तै निर्वाचनबाट पनि राष्ट्रिय फैसला दिनेछौँ । त्यसका लागि हामीतयार छौँ भन्ने कुराको सन्देश पनि महाधिवेशनले दिएको छ । पूर्ववक्ता साथीहरुले भनेजस्तै लोकतन्त्र अजेय छ , अपराजय छ । यसलाई कसैले पराजित गर्न सक्दैन । यसलाई कसैले जित्न सक्दैन । लोकतन्त्रले नै जित्छ । खेलमा खेलाडीहरु मध्ये एउटा जुडोको खेल भयो भने कुन खेलाडी कतिखेर पछारिन्छ, कुन खेलाडी कतिवेर पछारिन्छ । तर, उत्कृष्ट खेलाडीले जित्छ । अहिले त्यस्तो स्थिति पनि होइन । यसो हेर्छन–विशाल एमाले देखेपछि अनि तिमी र म मिल्यो भनेको छ, तिमी र म मिलौ भनेको छ । ऊ सँग पनि मिलौ भनेको छ । यसो हे¥यो विशालकाय एमाले छ । भिँड्नु त्योसँग छ । अनि लौन मिलू भनेर ।अनि कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघको, सिंहको शिकार हुन्छ रु मुकाविला हुन्छ रु यसो हेर्छन–नेपाली काँग्रेस छ । छेउमा नगइन्जेल त मजानै छ । छेउमा गएपछि हाग्रो पार्छ नि नेपाली काँग्रेसले पनि । त्यो पनि हेर्छन । त्यसो भएपछि मोर्चा गर्न थाल्दछन् । दुब्लाको काम नै मोर्चा गर्ने हो । बलियासँग लडनका लागि दुब्लाले एकताका कुरा गर्दछन । आज पनि अर्को एकता हुन्छ रातिसम्ममा । अस्ति पनि एकता भयो, हिजो पनि एकता भयो । आज पनि हुन्छ, भोली पनि हुन्छ । अनि दुई चार जना, दुई चार जना मिलेर घैँटामा बोकेको पानीले महासागरसँग जति मोर्चा गरेपनि कसरी होला रु त्यही तयारी नेकपा एमालेको एघारौं महाधिवेशनले गरेको छ । नेपाली काँग्रेस पनि त्यसैगरी स्पष्टताका साथ तयारी गर्न चाहिरहेको छ ।’

अध्यक्ष ओलीले घैंटाको पानीले महासागरसँग प्रतिष्पर्धा गरेजस्तो एमालेसँग सहकार्यमा रहेका पार्टीले गर्नुपर्ने दाबी समेत गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x