चर्किँदै कांग्रेसको विवाद, विशेष महाधिवेशन पक्षधरले भने– विशेष महाधिवेशनबाहेक अन्य विकल्प छैन
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गते नै विशेष महाधिवेशन गर्न माग गरेको छ । विशेष महाधिवेशन पक्षधर नेताहरुले शुक्रबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो माग गरेका हुन् ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार नियमित महाधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारीमा छन् । त्यसका लागि काठमाडौंको भृकुटीमण्डपको हल बुक पनि गरिसकेको नेताहरुले बताएका छन् ।
जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा अहिलेकै नीति र नेतृत्वमा आगामी निर्वाचनमा जान नसकिने भन्दै उनीहरुले विशेष महाधिवेशनको माग गर्दै आएका छन् ।
पत्रकार सम्मेलनमा नेता देवराज चालिसेले नियमित महाधिवेशन हुन नसकेकाले अब विशेष महाधिवेशनको विकल्प नभएको बताए । उनले भने, ‘नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी रहेन ।’
पत्रकार सम्मेलनमा बाचन गरिएको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘हामीलाई विश्वास छ– पुस २७–२८ मा विशेष महाधिवेशन गर्ने जिम्मेवारी केन्द्रले पूरा गर्नेछ ।’
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE