कतारले १३ नेपालीलाई दियो आममाफी
काठमाडौं।कतारमा १३ जना नेपालीले आममाफी पाएका छन् ।कतारमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो । परराष्ट्रले एक विज्ञप्ति जारी गर्दै आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको खुशीयालीको अवसरमा १३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको जनाएको हो ।
उदारतापूर्वक प्रदान गरिएको अमिरी आममाफीको लागि सरकारले कतार सरकारप्रति आभार प्रकट गरेको छ ।यसले नेपाल र कतारबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रूपमा रहेको बताउँदै मानवीय आधारमा दिइएको दयालु क्षमादानको उच्च कदर गरिएको जनाएको छ ।
कतारमा हाल करिब ५ लाख नेपाली कार्यरत छन् । गत वर्ष मात्रै १ लाख ४० हजार ७ सय ९२ जना नेपालीहरू वैदेशिक रोजगारीका कतार गएका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE