बुधबार, माघ ८, २०८२
Wednesday, January 21, 2026

सुनसरी गोली काण्ड : सशस्त्रले बनायो एसएसपी कमाण्डमा छानबिन समिति

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं । सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको घटनाको छानबिनका लागि सशस्त्र प्रहरी बलले आन्तरिक छानबिन समिति गठन गरेको छ । सशस्त्र प्रहरी बलले छानबिनका लागि एसएसपी रविनराज कर्णजीतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिमा कोशी प्रदेशको नं. १ बराह बाहिनी मुख्यालय पकलीका एसपी र सशस्त्रको कानुन महाशाखाका एक डीएसपी सदस्य रहेका छन् । यो समितिले घटनाबारे छानबिन गरेर प्रतिवेदन पेश गरेपछि गल्ती देखिएमा विभागीय कारबाहीको प्रक्रिया अघि बढाइने सशस्त्र प्रहरी बलले बताएको छ । छानबिन समितिले काम समेत सुरु गरिसकेको सशस्त्र प्रहरीले बताएको छ । सशस्त्र प्रहरी स्रोतका अनुसार छानबिनका लागि अहिले बोर्डर आउट पोस्ट कमाण्डर, गुल्म कमाण्ड र गण कमाण्डरलाई बाहिनीमा झिकाइएको छ ।

लौकही बीओपीका कमाण्डर इन्स्पेक्टर मनिष कुमार कटुवाल, सीमा सुरक्षा गुल्म हरिपुरका कमाण्डर डीएसपी गणेश दत्त पाण्डे र नं. ४ गण सुनसरीका कमाण्डर एस्पी निर्मल कुमार थापा छन् । उनीहरु तीनै जनालाई बाहिनी झिकाएर छानबिन अघि बढाइएको हो ।

बुधबार मध्यराति सशस्त्र प्रहरीले चलाएको गोली लागेर सुनसरीको कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो । लौकही नाकाबाट तीन वटा अटो रिक्सामा चिनी लिएर आएको समूहलाई सशस्त्रले गोली हानेको थियो ।सोही क्रममा साहको मृत्यु भएको हो ।

सशस्त्र प्रहरीले भने तस्करको समूहले पहिला गोली हानेको र जवाफी कारबाही गर्दा दुर्घटना भएको दाबी गर्दै आएको छ । यता गोली हान्दाका बेलाका फिल्ड कमाण्डर सशस्त्र प्रहरीका हवल्दार नवराज खतिवडालाई प्रहरीले बिहिबार देखि नै प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गरिराखेको जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x