मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

बन्दसूचीमा समावेशी समूह मिले/नमिलेको आयोगले आज सम्बन्धित दललाई सूचित गर्ने

काठमाण्डौ ।प्रतिनिधिसभा सदस्य चुनावका लागि अब दुई महिना अर्थात् ६० दिन मात्रै बाँकी छ । आउँदो फागुन २१ गतेका लागि तय भएको चुनावका लागि गएको पुस १३ र १४ गते ६४ वटा राजनीतिक दलका तर्फबाट प्राप्त समानुपातिकतर्फको बन्दसूचीमा आयोगले रुजु गरिरहेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा कानूनबमोजिम समावेशी समूह मिलेरनमिलेको रुजु गरेर आज सम्बन्धित दललाई सूचित गरिनेछ र यसलाई दलहरुले सच्याएर यही पुस २७ गतेभित्र पुनः पेस गर्नुपर्नेछ ।त्यसरी पेश गरिएको संशोधित सूचीमा परेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गतेका लागि समय दिइनेछ । फिर्ता हुन आवेदन दिइएको उम्मेदवारका बारेमा सम्बन्धित दललाई आयोगले सूचित गर्ने र दलले अर्को उम्मेदवार पठाउन पाउनेछ ।माघ ४ गते बन्दसूची सार्वजनिक गरिनेछ ।

सूचीमा रहेका उम्मेदवारबारे कानुनी रुपमा अयोग्य भनी दाबीविरोध परेमा छानबिन गरी माघ २० गते अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । सूची त्यसपछि भने परिवर्तन हुने छैन ।त्यस्तै आयोगले आउँदो प्रतिनिधिसभा सदस्य चुनावका लागि फागुन १० गतेभित्र जिल्ला जिल्लामा मतपत्र पु¥याउने गरी काम थालेको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सरदर दुई करोड मतपत्र छाप्ने आयोगको तयारी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x