आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा  निवर्तमान प्रधानमन्त्री  केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री रहेका ओलीलाई उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको थियो ।आइतबार पत्र लिएर ओली निवास भक्तपुरको गुन्डुमा पुगेको आयोगको टोलीलाई लिखित स्टेटमेन्ट बुझाएसँगै उनको स्थान हद फुकुवा भएको हो ।

आयोगका प्रवक्ता तथा पूर्वएआईजी विज्ञानराज शर्माले आज बसेको आयोगको बैठकले ओलीको स्थान हद फुकुवा भएको जानकारी दिए ।

ओलीमाथि गत असोज १२ गतेको आयोगको बैठकले स्थान हद लगाउने निर्णय गरेको थियो । जेनजी आन्दोलनको सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको सम्बन्धमा सोधपुछको काम सकिएकोले उनको विदेश भ्रमण रोक्का र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य सम्पन्न भइसकेकोले फुकुवा गरिदिएको शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x