मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

प्रधानमन्त्री सुशीला कार्कीसँग अमेरिकी राजदुत थम्पसनको शिष्टाचार भेट

काठमाण्डौं। नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत डिन आर थम्पसनले अन्तरिम सरकारका  प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुवै पक्षबीच द्विपक्षीय हित, सहयोग र समसामयिक विषयमा छलफल भएको हो ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई लामो समयदेखि पुर्याउँदै आएको विकास सहयोग र समर्थनका लागि धन्यवाद व्यक्त गरिन् । उनले आगामी दिनमा पनि नेपालको लोकतान्त्रिक प्रक्रिया, शान्ति र स्थिरताका लागि अमेरिकी सहयोग निरन्तर रहने विश्वास व्यक्त गरिन् । विशेष गरी आगामी फागुनमा हुने निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सहयोगको अपेक्षा रहेको उल्लेख गरिन् । प्रधानमन्त्री कार्कीको नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा निर्वाचन गराउने तयारी गरिरहेको छ ।

अमेरिकासँगको सम्बन्धलाई थप सुदृढ बनाउँदै नेपालको विकास र लोकतन्त्र मजबुत बनाउने दिशामा यो भेटले महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x