राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले र जसपा नेपालबिच तालमेल, नेकपा बाहिरियो
काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी९जसपा० नेपालबिच तालमेल हुने भएको छ ।
नेपाली कमयुनिष्ट पार्टी ९नेकपा०सहित तालमेल हुने प्रयास भनिए पनि मिल्न नसकेको कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए । यससँगै नेकपा तालमेलबाट बाहिरिएको छ ।
‘नेपाली कम्युनिष्ट पार्टीसँग पनि तालमेल गर्ने प्रयास भएतापनि कुरा मिल्न सकेन । अरु तीन शक्तिबीच तालमेल हुने निश्चित भएको छ,’ कांग्रेसका तर्फबाट वार्तामा सहभागी नेता लेखकले बताए ।
लेखकका अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट लिने सहमति बनेको लेखकले बताए । क्लस्टर पनि टुंगिएको लेखकले जानकारी दिए ।
जसपा नेपालबाट महन्थ ठाकुरलाई उम्मेदवार बनाउने पनि टुंगिएको नेताहरूले बताएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE