आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेसँग चुनावी तालमेलको कुरा नमिलेपछि एक्लै लड्न लागेको नेकपाले उम्मेदवार चयन गरेको हो हो ।

नेकपाले कोशीबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपाने, मधेशबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल, बागमतीबाट प्रेमप्रसाद सापकोटा र सरोज कुमारी झालाई उम्मेदवार बनाएको छ ।

गण्डकीबाट कपिल लामा, लुम्बिनीबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन विक, कर्णालीबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतारा, सुदूरपश्चिमबाट टीकाराम जैशी र रोजी बस्नेत सुनारलाई उम्मेदवार बनाएको छ ।

यद्यपी गण्डकीबाट एक जनाको नाम टुंग्याउन बाँकी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x