मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढ्दै,तराईका धेरैजसो ठाउँमा हुस्सु

काठमाडौं । तराईरमधेशका धेरैजसो ठाउँमा आज हुस्सु लागेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भागमा हुस्सु र कुहिरो तथा बाँकी तराई भागका थोरै ठाउँमा हुस्सु लागेको छ । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

काठमाण्डौमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियस रहेको थियो ।

काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसोबाट जोगिन न्यानो कपडा लगाउन, तातो झोलिलो खान, काम नपरी घरबाहिर ननिस्कन, बालबालिका, वृद्धवृद्धा र दिर्घरोगीको विशेष ख्याल गर्न डाक्टरहरुले सुझाव दिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x