मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

गगन नेतृत्वको केन्द्रीय समितिको निर्णय : निर्वाचन आयोगमा दस्तखत परिवर्तन गर्ने

काठमाडौं। गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टीलाई निर्वाचन आयोगमा अद्यावधिक गराउने निर्णय गरेको छ । बिहीबार ललितपुरमा बसेको पहिलो केन्द्रीय समिति बैठकले विशेष महाधिवशेनले गरेका निर्णयलगाएत बिषयमा निर्वाचन आयोगमा अद्यावधिक गराउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

उम्मेदवार प्रयोजनका लागि आधिकारिक दस्तखत परिवर्तन गर्ने, समानुपातिक सूचीलाई संशोधन गर्ने, कानुनी र वैधानिक दायित्वहरू पूरा गर्न आयोगमा विवरण बुझाइने उनको भनाइ छ । बैठकले सभापति गगन थापाको नेतृत्वमा निर्वाचन घोषणापत्र निर्माण समिति गठन गरेको छ । घोषणापत्र समिति केवल घोषणाका लागि नभई एक्सनका लागि, भिजन सहितको हुने र ठोस योजना र कार्यपद्धति यसमा समेटिने प्रवक्ता चालिसेले बताए ।

त्यस्तै बैठकले निर्वाचनलाई केन्द्रीत गरेर उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा निर्वाचन परिचालन समिति बनाउने निर्णय गरिएको प्रवक्ता चालिसले बताए । बैठकले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै बदलिएको परिस्थितिमा बदलिएको कांग्रेस निर्माण गर्ने संकल्प गरेको छ । बैठक शुक्रबार पनि जारी रहने प्रवक्ता चालिसेको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x