मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

मतदानपछि फिर्ता लिएको हस्ताक्षरले कुनै प्रभाव पार्दैनः गगन समुह

काठमाडौं। नेपाली कांग्रेस गगन समूहले विशेष महाधिवेशनमा मतदानपछि फिर्ता लिएको हस्ताक्षरले कुनै प्रभाव नपार्ने बताएको छ ।  गगन समूहले शुक्रबार निर्वाचन आयोगको छलफलमा यस्तो दाबी प्रस्तुत गर्दै आन्दोलनको धम्कीले प्रभावित नहुन चेतावनी दिएको हो ।

नेपाली कांग्रेसको गगन अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेपछि फिर्ता लिइएको भनिने हस्ताक्षरले विशेष महाधिवेशनको वैधानिकता, निर्णय प्रक्रिया वा निर्णयको वैधतामा कुनै प्रभाव नपार्ने जानकारी आयोगलाई गराएको छ । फागुन २५ मा उद्घाटन भएर ३० गतेसम्म सम्पन्न दोस्रो विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको भन्दै उहाँले अब वैधतामा प्रश्न गर्न नमिल्ने गगन समूहको भनाइ छ । विज्ञप्तिमा विशेष महाधिवेशनपछि  केही प्रतिनिधिले हस्ताक्षर फिर्ता गरेको भन्दै फैलाइएका समाचार भ्रामक रहेको समेत आयोगलाई समूहले जानकारी गराएको छ । कुल दुई ६८५ महाधिवेशन प्रतिनिधिमध्ये दुई हजार ४६३ जना बैठकमा उपस्थित भई निर्णय प्रक्रियामा सक्रिय रूपमा सहभागी भएको थापा समूहको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले आन्दोलनको धम्कीसँग निर्वाचन आयोग प्रभावित हुँदैन भन्ने विश्वास व्यक्त गरे । शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलनमा आफूहरूले नेतृत्व गरिरहेको कांग्रेसलाई निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए । निर्वाचन आयोग यस्ता धम्कीबाट प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन भन्नेमा विश्वस्त रहेको उनको भनाइ छ ।

पार्टीको केन्द्रीय समितिले विशेष महाधिवेशन मागकर्तालाई सम्बोधन गर्न नखोजेपछि आफूहरूले आह्वान गरेर सम्बोधन गरेको पनि थापा समूहको भनाइ छ । शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले आफूहरूलाई गरेको कारबाही विधानसम्मत नभएको पनि थापासमूहले अवगत गराएको छ । नियमित महाधिवेशन नभएको अवस्थामा विशेष महाधिवेशन गरेर अघि बढ्नुपर्ने पद्दति भएको पनि थापा समूहको भनाइ छ ।

विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको विधानमा भएको व्यवस्थाबारे निर्वाचन आयोगलाई प्रष्ट्याएको छ । विधानले दिएको अधिकार प्रयोग गरी महाधिवेशन प्रतिनिधिहरूले बोलाएको महाधिवेशन भएकाले निर्वाचन आयोगले त्यसबाट निर्वाचित कार्यसमितिको विवरण चाँडो अद्यावधिक गरिदिन समेत समूहको आग्रह छ ।

५१ प्रतिशत महाधिवेशन प्रतिनिधिले नयाँ कार्यसमिति चयन गर्न पाउने भए पनि ५७ दशमलब २१ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरले पुरानो कार्यसमिति विघटन गरी नयाँ कार्यसमिति चयन गरेको थापा समूहको भनाइ छ । नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले पनि विधानको अक्षरश पालना गरी विशेष महाधिवेशन सम्पन्न भएकाले त्यहाँबाट निर्वाचित भएको निर्वाचन आयोगले नवनिर्वाचित कार्यसमितिको विवरण अद्यावधिक गर्नु पर्ने बताए।

निर्वाचन आयोगसँगको छलफलमा उपसभापतिहरू शर्मा र भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलगायतका पदाधिकारी तथा थुप्रै केन्द्रीय सदस्य उपस्थित भएका थिए । उनीहरुले आधिकारिकता दाबी गर्दै शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका नेताहरूले निर्वाचन आयोगको ध्यानाकर्षण गराएकोप्रति गगन थापा नेतृत्वको कांग्रेसले आपत्ति जनाएका छन ।  यसैविच  गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा धर्ना दिएको छ ।शुक्रबार दिउँसो गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित नेताहरूले आयोग अगाडि धर्ना दिएका हुन् ।नेपाली कांग्रेसको आधिकारिकताको विवाद छिटो टुंग्याउन निर्वाचन आयोगमाथि समयको चर्को दबाब परेको छ । नेपाली कांग्रेसको दुवै समूहका नेताहरू एकपछि अर्को गर्दै निर्वाचन आयोगमा पुगेर दबाब बढाइरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x