रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार दिनको २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी केन्द्रीय कमिटी बैठक आह्वान भएको हो ।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल हुने बताइएको छ । पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनबारे सो बैठकमा छलफल हुने बताइएको छ ।
निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोले राजनीतिक दलहरू उम्मेदवार चयनमा व्यस्त छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE