राष्ट्रिय सभाका तीन जना सदस्यले दिए राजीनामा
काठमाडौं । राष्ट्रिय सभाका तीन जना सदस्यले राजीनामा दिएका छन् ।
राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष आइतबार राजीनामा बुझाएका हुन् ।
श्रेष्ठ, गौतम र न्यौपाने आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
नेपाली कम्युनिस्ट पार्टीका नेता श्रेष्ठले सर्लाही–३ बाट, गौतमले बर्दिया–१ बाट र नेकपा एमालेकी नेत्री न्यौपानेले तनहुँ–१ बाट चुनावमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE