मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

रास्वपा केन्द्रीय कार्यालयमा पुगे बालेन साह

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौँ महानगरपालिकाका निर्वतमान प्रमुख बालेन्द्र शाह बालेन राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बनस्थली पुगेका छन् ।

पदबाट राजीनामा बुझाएर साह बनस्थलीस्थित केन्द्रीय कार्यालय पुगेका हुन् ।

साहसँगै जेनजी अगुवा सुदन गुरुङ पनि घण्टीघर पुगेका छन् । उनी आजै रास्वपा प्रवेश गर्ने बताएका छन् ।

उनको स्वागतमा रास्वपा केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताको बाक्लो भिड उपस्थित छ ।

बालेन केन्द्रीय समिति बैठकबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबारे छलफल गरेर जनकपुर जाने तयारीमा छन् ।

जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्न बालेन, पार्टी सभापति रवि लामिछानेसहितका नेताहरू आज जनकपुर जाने कार्यक्रम छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x