देश बचाउने र बनाउने संकल्पका साथ काठमाडौं १ उम्मेदवारी दिएको छुः रविन्द्र मिश्र
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफू आगामी निर्वाचनमा विजयी हुने दाबी गरेका छन्। मंगलवार काठमाडौंको क्षेत्र नम्बर १ मा उम्मेदवारी मनोनयनका लागि पुग्नुभएका उहाँले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन। वरिष्ठ उपाध्यक्ष मिश्रले पृथ्वीनारायण शाहले आधुनिक नेपालको निर्माण गरेको उल्लेख गर्दै आफू सोही पथमा हिँडेको र देश बचाउने र बनाउने दुवै संकल्प लिएको बताए । उनले काठमाडौंका जनताले आफूलाई गर्व गर्न लायक हुने गरी आगामी निर्वाचनमा विजयी गराउनेमा विश्वस्त रहेको जिकिर समेत गरे ।यस अघि सो क्षेत्रमा झिनो मतान्तरले हार व्यहोर्नु परेपनि आगामी निर्वाचनमा जनताले आफूलाई गर्व गर्न लायक सांसद बनाउने बताए ।
उनले भने ,‘मैले यो पटक पृथ्वीनारायण शाहबाट प्रेरणा लिएका छु । उहाँले तेस्रो
पटक काठमाडौं विजय गरे । मैले तेस्रो पटक काठमाडौं क्षेत्र नम्बर १ मा विजय हासिल गर्ने हो । पृथ्वीनारायण शाहले देशको निर्माण गरे । देशको गौरव बने । म पृथ्वीनारायण शाहले निर्माण गरेको पृथ्वीपथमा हिँडेर यो देशलाई बनाउन र बचाउन अग्रसर हुने हो । यो क्षेत्रका जनताले म सांसद हुँदाखेरी सबै भन्दा बढी गर्व गर्न योग्य सांसद बनाउँनेछन भन्ने कुरामा म ढुक्क छु ।’
त्यस अवसरमा वरिष्ठ उपाध्यक्ष मिश्रले मुलुकलाई संकटबाट जोगाउन राजसंस्थासहितको शासन व्यवस्था आवश्यक रहेको अडान पनि राखेका छन्।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE