भारतद्वारा नेपाल सरकारलाई पहिलो चरणमा आज ६१ वटा गाडी हस्तान्तरण
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई आज ६१ वटा महेन्द्र बोलेरो गाडी सहयोग गरेको छ ।
गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच भारतीय राजदुतले उक्त गाडीहरु नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन् । आगमी प्रतिनिधि सभा निर्वाचनमा भारतले नेपाललाई सहयोग गर्न लागेका ५३८ वटा गाडी मध्य आज ६१ वटा हस्तान्तरण गरेको हो । अन्य गाडीहरु क्रमश दोस्रो र तेस्रो चरणमा हस्तान्तरण गर्ने जनाइएको छ ।
निर्वाचन आयोगका अनुसार यसअघि भएको निर्वाचनमा ८० वटा गाडी उपलब्ध गराएको भारतले यसपटक सहयोगको संख्या उल्लेखनीय रूपमा बढाएको हो।
सहयोगस्वरूप प्राप्त हुने गाडीमध्ये ३०० वटा नेपाल प्रहरीले प्रयोग गर्नेछ भने बाँकी विभिन्न सरकारी निकायलाई उपलब्ध गराइनेछ। निर्वाचन व्यवस्थापन र सुरक्षालाई प्रभावकारी बनाउन यी गाडी प्रयोग गरिने बताइएको छ।
भारतले दिने गाडीमध्ये करिब १०० वटा विशेष सुविधासहितका हुनेछन्।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE