रुकुम पूर्वमा प्रचण्ड मर्निङ्ग वाकसंगै घरदैलो अभियानमा
काठमाडौं । मंगलबार पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आज रुकुम पूर्वमा मोर्निङ वक गरेका छन् ।
मोर्निङ वकका क्रममा उनले जनयुद्धका बेला रुकुमकोट प्रहरी चौकी कब्जा गरिएको स्थानको अवलोकन गरेका छन् । जहाँ हाल युद्ध संग्रहालय निर्माण गरिएको छ । सो अवसरमा संयोजक दाहालले उक्त स्थललाई अझ व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरे ।
मोर्निङ वकसँगै संयोजक दाहालले रुकुम पूर्वका विभिन्न स्थानमा घरदैलो अभियानको पनि सुरुवात गरेका छन् ।
घरदैलोका क्रममा उनले सहिद सिता घर्तीमगरकी आमा, सहिद जीवन काजीकी आमा लगायत विभिन्न सहिद परिवारका सदस्यहरूसँग भेटघाट गरे । सहिद परिवारसँगको भेटमा उनले सहिदहरूको सपना आफूले नबिर्सिएको बताउँदै जनयुद्धका सहिदहरूको सम्मानमा राज्यस्तरबाट कामको थालनि भएको र अझै बढि अधिकार स्थापित गर्न आफू सक्रिय रहेको बताएका छन् । संयोजक दाहालले आफू सरकारमा रहँदा जनयुद्धका सहिदहरूको नाम राष्ट्रिय रूपमा राजपत्रमा प्रकाशित गरिएको, सहिद परिवारका सदस्यलाई रोजगारी तथा विभिन्न अवसर उपलब्ध गराउने कार्यविधि बनाइएको जानकारी दिए ।
मोर्निङ वकसँगै घरदैलो अभियानका क्रममा उनले रुकुम पूर्वका पुराना कम्युनिष्ट नेता, कार्यकर्ता तथा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई मतदान गर्न अपिल गरेका छन् ।।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE